Sagun Khabar
नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हरायो,सिरिज वेस्ट इन्डिजले  जित्यो

काठमाण्डौ – पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट इन्डिज ’ए’ ले दिएको एक सय ७३ रनको लक्ष्य नेपालले १८ ओभर पाँच बलमा ४ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि अनिलकुमार साह र आसिफ शेखले अर्धसतक बनाए । अनिलले ५८ र आसिफले ५१ रन बनाएका हुन् । यस्तै कुशल मल्लले अविजित ३७ रन बनाए । वेस्ट इन्डिज ‘ए’ का लागि ओबेद मक्कोले तीन र म्याथ्यू फोर्डले एक विकेट लिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

यसअघि कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रन बनाएको थियो । उसका लागि कप्तान रोस्टन चेसले ३३ र एलिक एथेनाजले अविजित ४२ रन बनाए । नेपालका लागि सोमपाल कामी र सागर ढकालले समान तीन विकेट लिए । अविनाश बोहोराले एक विकेट लिए ।

शृङखला भने वेस्ट इन्डिजले यसअघि नै जितिसकेको छ । नेपालको आजको जितसँगै पाँच खेलको शृङ्खला ३–२ मा सकिएको छ । अस्ति भएको चौथो खेलमा नेपाल २८ रनले पराजित भएको थियो । पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई चार विकेटले हराएको थियो । त्यसपछि दोस्रो खेलमा नेपाल १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।

यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । टोलीको हिजो बिदाइ गरिएको छ । नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ’ए“ सँग पाँच खेलको शृङ्खला खेलेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ ।ujyaalo

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update