Sagun Khabar
डडेल्धुरामा टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा– डडेल्धुरामा टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–४ सुरुडाको भित्री सडकमा बागमती प्रदेश ०१–००१ क ९६५१ नम्बरको टिप्पर दुर्घटनामा २ जनाको मृत्यु भएको हो ।
टिप्पर दुर्घटनामा चालक धादिङको गजुरी गाउँपालिका–७ं का ४० वर्षीय धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको छ । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताए ।

धादिङको रोडाङ गाउँपालिकाका ३१ वर्षीय सुदिप विक र डडेल्धुराको नवदुर्ग गाउँपालिका–४ का २८ वर्षीय हिक्मत विक घाइते भएका छन् । उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार हुँदैछ। 
बेलापुरबाट सिरुडा रामजाने कन्ट्रक्सनको क्याम्प जाँदै गरेको टिप्पर शनिवार राति साढे १० बजे दुर्घटना भएको हो । टिप्पर सडकबाट २५० मिटर थल खसेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update