Sagun Khabar
बाजुराको कोल्टीबाट सुत्केरी र गर्भवती महिलाको उद्धार
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट दुई जनाको उद्दार गरिएको छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी भएर उपचारमा रहेकी दश दिनकी बुढीनन्दा नगरपालिका–१ की २६ वर्षीया ईश्वरी कार्की र  स्वामी कार्तिक खापर गाउँपालिका–२ सुपानीकी ३० वर्षीया अनिता महतरालाई सेनाको हेलिकप्टरमार्फत उद्दार गरिएको हो । 

१० दिनकी गर्भवती कार्कीलाई उच्च ब्लड प्रेसरका कारण थप उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट रिफर गरिएको डा प्रतीक न्यौपानेले बताए। उनका अनुसार कार्कीको ब्लड प्रेसर नघटेको र दैनिक रुपमा बढ्न थालेपछि कोल्टीमा उपचार सम्भव नभएपछि रिफर गरिएको हो। त्यसैगरी गर्भवती महतराको पहिलो सन्तान पाउनेबेला पनि अप्रेशन गरेको र दोस्रो सन्तानसमेत अप्रेशन गर्नुपर्ने भएकाले जटिल प्रकृतिको समस्या भएकाले रिफर गरिएको डा न्यौपानेले बताए । 

सुत्केरी र गर्भवतीको अवस्था जटिल भएका कारण कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट पत्र आएपछि महिला तथा बालबालिका मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए । दुबै जनालाई कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेतमा लगिएको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update