Sagun Khabar
बैतडीमा बजार अनुगमन : म्याद नाघेका सामग्री नष्ट गरिँदै 

बैतडी –बैतडीमा बजार अनुगमन कार्य जारी राखिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जिल्लाका विभिन्न बजारहरुमा अनुगमन गर्दैै आएको कार्यालय प्रमुख ललित कठायतले बताए । 

शनिबार र आइतबार जिल्लाको दशरथचन्द नगरपालिका अन्तर्गतका मुस्याचोर, देहीमाण्डौं र शाहीलेक बजारमा अनुगमन गरिएको उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

बजारमा अनुशासन कायम गर्न, म्याद नाघेका सामग्रीको विक्रि वितरणमा रोक लगाउन, उपभोक्ता र व्यापारी दुवैलाई सचेत गराउन अनुगमन कार्य जारी राखिएको कठायतले बताए । 

मुस्याचोर र देहीमाण्डौंमा १४ ओटा पसल अनुगमन गर्दा ३ ओटा पसलबाट ९ हजार २ सय बराबरको म्याद नाघेको सामग्री बरामद गरि नष्ट गरिएको उनले बताए । यस्तै आइतबार शाहीलेक बजारमा गरिएको अनुगमनका क्रममा १ हजार ३ सय बराबरको म्याद नाघेको सामग्री बरामद गरी नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update