Sagun Khabar
बैतडीमा २१ बर्षीय युवक मृत फेला 

बैतडी –बैतडीमा एक युवक मृत फेला परेका छन् । जिल्लाको पाटन नगरपालिका वडा नम्बर ६ को मुख्य बजारको पछाडी रिङरोडको तल २१ बर्षीय दिपेन्द्र घर्तीमगर मृत फेला परेका हुन् ।

दाङ घर भइ लामो समयदेखि सरसरफाईको क्षेत्रमा काम गर्दै आएका पुस्तल घर्तीमगर (जोकर) का छोरा दिपेन्द्रको शव आइतबार दिउँसो फेला परेको प्रहरीले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

स्थानीयको जीर्ण घरमा बस्दै आएका उनको शव घरको पछाडी घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । 
घटनास्थलमा इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली खटिएको र थप जानकारी आउन बाँकी रहेको उनले बताए । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update