Sagun Khabar
बैतडीमा श्रीमानद्वारा श्रीमतीमाथि चक्कु प्रहार 

बैतडी –बैतडीमा श्रीमानले आफ्नै श्रीमतीमाथि चक्कु प्रहार गरेका छन् । जिल्लाको दोगडाकेदार–२ कफलकोटका ३४ बर्षीय महेश महराले आफ्नी श्रीमती ३२ बर्षीया वसन्ती महरामाथि चक्कु प्रहार गरेका हुन् । 

आइतबार अपरान्ह घरको आगनमा गहुँ चुट्ने क्रममा वसन्तीमाथि महेशले चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

चक्कु प्रहारबाट वसन्तीको कम्मरमा चोट लागेको थियो । जिल्ला अस्पतालमा उपचारपछि आइतबार साँझ नै वसन्ती डिस्चार्ज भइसकेकी छन् । 

आफ्नै श्रीमतीमाथि चक्कु प्रहार गर्ने महेशलाई प्रहरीले आइतबार नै नियन्त्रणमा लिइसकेको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले बताए । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update