Sagun Khabar
खडेरीले सुके खोलानाला 

बैतडी –लगातारको खडेरीले बैतडीका विभिन्न स्थानमा कलकल पानी बग्ने खोला सुकेका छन् । कहिले नसुक्ने खोला यो बर्षको खडेरीले सुकेका स्थानीयहरुले बताएका छन् । कलकल बग्ने खोलाहरुमा पानी नरहेको सुर्नया ६ का नवराज अवस्थीले बताए । लगातारको खडेरीले पानीका मूहान समेत सुकेका उनले बताए । 

लगातारको खडेरीले पानीका मूहान सुक्दा खानेपानीको समस्या भएको अवस्थीले बताए । यो बर्ष लामो समयदेखि पानी परेको छैन् । पानी नपर्दा खोलानालाका साथै मूहान समेत सुक्दा समेत भएको बताइएको छ । उच्च क्षेत्रमा बसोबास गर्नेहरुलाई खानेपानीको जोहो गर्न समेत निकै मुस्किल भएको सुर्नया ६ का गौरीदत्त अवस्थीले बताए । उनले भने ‘खानेपानीका लागि भौैतारिनुपर्ने अवस्था आएको छ । खोलानालाहरु सबै सुकीसकेका छन् ।’

स्वास्थ्य सन्देश
Atrya hospital

खडेरीले स–साना खोलानालाहरु सुकेका मेलौली २ का नरीराम लुहारले बताए । हिउँदमा बर्षात नहुँदा खोलानालाहरु सुकेका उनले बताए । उनले भने ‘बर्षा नभएपछि खोलाहरु सुकेका छन् । खडेरीले धेरै ठूलो प्रभाव पारेको छ ।’
खडेरीका कारण खोलानालाहरु सुकेपछि वन्यजन्तुहरुलाई समेत पानीको अभाव भएको छ । पानी खोज्दै वन्यजन्तुहरु समेत मानवबस्तीमा आउन थालेका स्थानीयहरुले बताएका छन् । 

लगातारको खडेरीले सुर्नया नदीमा समेत पानी कम भएको छ । सुर्नया नदीको मूहानबाटै पानी कम भएको सुर्नया गाउँपालिका वडा नं ८ का स्थानीय कमल साउँदले बताए । पछिल्लो समयमा हरेक बर्ष सुर्नया नदीमा पानी कम हुँदै गएको उनले बताए । उनले भने ‘सुर्नया नदीमा पानी धेरै कम भएको छ । खडेरीले डाँडाकाँडाहरु उजाड भएका छन् ।’

सुर्नया नदीमा मिसिने सबै साना खोलाहरु सुकीसकेका स्थानीयहरुले बताएका छन् । लगातारको खडेरीले खोलाहरु सुकेका हुन् । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update