Sagun Khabar
बस र मोटरसाइकल ठोक्किँदा डडेल्धुराका पूर्व वडाध्यक्ष ऐरको निधन

डडेल्धुरा –कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा बस र मोटसाइकल ठोक्किँदा डडेल्धुराका एक पूर्व वडा अध्यक्षको निधन भएको छ । 

मोटसाइकल चालक डडेल्धुराको आलिताल गाउँपालिका–१ का अन्दाजी ५५ वर्षीय पूर्णबहादुर ऐरको निधन  भएको हो । उनी सोही वडाका पूर्व वडाध्यक्षसमेत हुन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

उत्तरबाट दक्षिणतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १२८७ नम्बरको बस र सुपप्र ०१०११ प ९४६७ नम्बरको विपरित दिशातर्फ आइरहेको मोटरसाइकल ठोक्किएका हुन् ।

दुर्घटनामा घाइते भएका ऐरलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएकोमा अस्पतालमै निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बस चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update