Sagun Khabar
बैतडी घर भएकी १० बर्षीया हेमन्ती भारतको दिल्लीबाट बेपत्ता 

बैतडी –बैतडी घर भएकी एक बालिका भारतको नयाँ दिल्लीबाट बेपत्ता भएकी छन् । जिल्लाको मेलौली नगरपालिका –३ कुजागाड चिनाड घर भएकी १० बर्षीया हेमन्ती चन्द सोमबार दिउँसो नयाँ दिल्लीको कोटला भन्ने स्थानबाट बेपत्ता भएकी हुन् । 

पसलमा सामान किन्न गएकी चन्द पसलबाटै बेपत्ता भएकी खबर आएको स्थानीय जय चन्दले जानकारी दिए । हेमन्तीलाई कसैले लगेको दृश्य सीसीटीभी क्यामेरामा देखिएको समेत उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

हेमन्तीका बुवा जनक चन्द रोजगारीको सिलसिलामा दिल्लीमा रहेका र उनी आफ्नी हजुरआमासंग घुम्नका लागि दिल्ली पुगेको बताइएको छ । कक्षा ३ मा अध्ययनरत हेमन्ती बिदाको समयमा घुम्नका लागि घरबाट दिल्ली पुगेकी थिइन् । 

हेमन्ती बेपत्ता भएपछि उनको खोजी कार्यमा सहयोग गरिदिन घरपरिवारले आग्रह गरेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update