Sagun Khabar
बैतडीमा चट्याङ लागेर एक भैंसी मर्यो 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडीमा चट्याङ लागेर एक भैंसी मरेको छ । जिल्लाको पाटन नगरपालिका वडा नं १ लदौलीका तेजराज भट्टराईको घरमा चट्याङ पर्दा गोठमा बाँधेको भैंसी मरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । 

सोमबार राति आठ बजेको समयमा भट्टराईको घरमा चट्याङ परेको उनले बताए । चट्याङका कारण विद्युतको मिटर बक्समा क्षति पुगेको छ । चट्याङले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । 

लामो समयदेखि पानी नपरेका कारण बर्षा र हावाहुरी आउँदा चट्याङको जोखिम रहेकाले सतर्कता अपनाउन प्रहरीले आग्रह समेत गरेको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update