Sagun Khabar
चट्याङ लागेर अछाममा एक बालकको मृत्यु, डडेल्धुरामा तीन जना घाइते 

अछाम –अछाममा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको रामारोशन गाउँपालिका–७ मेलकाटियाका कमल भण्डारीका छ वर्षीय छोरा गौरवको चट्याङ लागेर मृत्यु भएको हो । सोमवार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन् भने घर पूर्ण रूपमा नष्ट भएको छ ।

सोमवार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् । 

उनीहरूको अवस्था सामान्य रहेको स्थानीय विष्णु पाण्डेयले बताए । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update