Sagun Khabar
बैतडीका एक सय बढी वन डढेलोले नष्ट 

बैतडी–बैतडीका विभिन्न स्थानमा रहेका एक सय भन्दा बढी वनहरु डढेलोले नष्ट भएका छन् । यो बर्ष अन्य बर्षको तुलनामा सामुदायिक तथा राष्ट्रिय वनहरुमा आगलागीका कारण बढी क्षति भएको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ । 

जिल्लाका १ सय ९ ओटा सामुदायिक तथा राष्ट्रिय वनहरुमा डढेलोे लागेको डिभिजन वन कार्यालयका सूचना अधिकारी मदन जोशीले बताए । डढेलोले १ हजार २३९ हेक्टर वन क्षेत्रमा असर पुर्याएको जोशीले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

सामुदायिक तथा राष्ट्रिय वनहरुमा आगलागी हुँदा लाखौंका वनसम्पदा र वन्यजन्तुहरुमा क्षति पुगेको छ । डिभिजन वन कार्यालयका अनुसार पाटन सव डिभिजन वन कार्यालय अन्तर्गतका ४३ ओटा सामुदायिक वनमा आगलागी भएको छ । यस्तै हाट सव डिभिजन वन कार्यालय अन्तर्गत सामुदायिक र राष्ट्रिय गरी १० ठाउँमा आगलागी भएको छ । 

यस्तै रुद्रेश्वर देउलेक सवडिभिजन वन अन्तर्गत १४ ठाउँमा डढेलोले वन सम्पदा सखाप पारेको छ भने मालिका सव डिभिजन अन्तर्गत ४ ठाउँमा डढेलो लागेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलिपकुमार यादवले बताए । 

यसैगरी मेलौली कुलाउ सव डिभिजन वन कार्यालय अन्तर्गत ६ ठाउँमा डढेलो लागेको छ भने सिगास सव डिभिजन वन कार्यालय अन्तर्गत ३२ ठाउँमा डढेलो लागेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख यादवले बताए । 

सामुदायिक तथा राष्ट्रिय वनमा भएको आगलागीका कारण बैतडीमा अहिले सम्म तीन जना जलेर घाइते भएका छन् । लगातारको खडेरी, वनमा आगो लगाएमा घाँस राम्रो हुन्छ भन्ने गलत मान्यता र मानिसका गलत व्यवहारका कारण वनजंगलमा बर्षेनी डढेलो लाग्ने गरेको डिभिजन वन कार्यालयका प्रमुख यादवले बताए । 

वनमा लागेको डढेलोका कारण कैंयौं पशुपन्छीहरुको बासस्थान उजाड भएको छ । लाखौंका वनसम्पदाहरु नष्ट भएका छन् भने भविष्यमा पानीका श्रोतहरु समेत सुक्दै जाने जानकारहरुले बताएका छन् । 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update