Sagun Khabar
बैतडी अस्पतालका सेवाहरु बन्द गर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरुको चेतावनी 

बैतडी –जिल्ला अस्पताल बैतडीमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएका छन् । 

आफूहरुले काम गरेको अतिरिक्त भत्ता नपाएको भन्दै चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् । अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले बुधबार एक विज्ञप्ती जारी गर्दै अतिरिक्त समय र सार्वजनिक बिदाको दिन गरेको कामको अतिरिक्त भत्ता नपाएकाले आन्दोलनमा उत्रिनुपरेको जनाएका छन् । 

चालु आर्थिक बर्षमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले अतिरिक्त भत्ता, जोखिम भत्ता लगायतका सुविधाहरु नपाएको र बेलाबेलामा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएपछि आन्दोलनमा उत्रिनुपरेको अस्पतालमा कार्यरत डा. धिरज जैसवालले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

अतिरिक्त भत्ता र जोखिम भत्ताका बिषयमा सबै निकाय र सामाजिक विकास मन्त्रालयको समेत ध्यानाकर्षण गराइसकेको तर कुनै सुनुवाई नभएको अस्पतालको प्रयोगशाला विभागका प्रमुख चन्द्रसिंह डोबालले बताए । आफूहरुलाई बेलाबेलामा झुटो अश्वासनमात्रै दिने गरेको तर समस्याको समाधान नभएपछि आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गर्ने अवस्थामा पुगेको उनले बताए । प्रयोगशाला विभागमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिने जोखिम भत्ता नपाइएको उनले बताए । 

आफूहरुका समस्याका बिषयमा ठोस पहल र निर्णय नभए आइतबारदेखि आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गर्ने डा. जैसवालले बताए । 

 यो बिषयमा अस्पताल विकास समितिका अध्यक्ष पार्वती भट्टले सामाजिक विकास मन्त्रालयले रकम निकासा नदिँदा समस्या भएको बताइन् । यो समस्याका बिषयमा मन्त्रालयको पटक–पटक ध्यानाकर्षण गराउँदा समेत सुनुवाई नभएको उनले बताइन् । 

5-1715220604.jpg

3-1715220603.jpg

4-1715220602.jpg

2-1715220600.jpg

1-1715220599.jpg

6-1715220604.jpg
 

 


 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update