Sagun Khabar
बैतडी अस्पतालमा आँखा शिविर सञ्चालन, पहिलो दिन ३ सय ७९ जनाले सेवा लिए 

बैतडी–जिल्ला अस्पताल बैतडीमा दुई दिने निशुल्क आँखा शिविर आजदेखि शुरु भएको छ । शिविरको पहिलो दिन झण्डै चार सय जनाले सेवा लिएका छन् । 

नेपाल नेत्रज्योती संघ, गेटा आँखा अस्पातल र जिल्ला अस्पातल बैतडीको सहकार्यमा शिविर सञ्चालन गरिएको शिविर संयोजक नरेन्द्रराज बिष्टले जानकारी दिए । शिविरको पहिलो दिन १ सय ७५पुरुष र २ सय ४ जना महिला गरी ३ सय ७९ जनाले सेवा लिएका शिविर संयोजक बिष्टले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

शिविरमा आएकामध्ये मोतीबिन्दुको समस्या देखिएका ३४ पुरुष र ४१ महिला गरी ७५ जनाको शल्यक्रिया गरिएको छ । घर नजिकैको अस्पतालमा निशुल्क शल्यक्रियामार्फत आँखा ज्योती फर्र्किएपछि नागरिक खुसी भएका छन् । 

शिविर भोलि (शुक्रबार) समेत सञ्चालन हुने शिविर संयोजक बिष्टले जानकारी दिए । दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि स्थानीयस्तरमै शिविरमार्फत आँखा सम्बन्धि सेवा दिने गरिएको बिष्टले जानकारी दिए । 

Hospital-shibir-final-1-1715257090.jpg
 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update