Sagun Khabar
लामो समयको खडेरीपछि बर्षा, किसानलाई राहत 

बैतडी –लामो समयको खडेरीपछि बर्षा हुँदा किसानहरु खुसी भएका छन् । बैतडीसहित सुदूरपश्चिमका जिल्लाहरुमा बिहीबारदेखि बर्षा भएको हो । बर्षा भएपछि मकै छर्न सहज हुने भएको छ भने अन्य बालीनालीहरुमा पनि फाइदा पुगेको किसानहरुले बताएका छन् । 

मकै छर्न ठिक्क भएका किसानहरु बर्षा भएपछि खुसी भएका सुर्नया ५ का स्थानीय हरिश बिष्टले बताए । वैशाख अन्तिम तथा जेठ पहिला साता मकै छर्ने गरिएकोमा यो बर्षाले निकै सहयोग पुगेको उनले बताए । 

Atrya hospital

लामो समयको खडेरीपछि भएको बर्षाले तरकारी बाली र फलफूल खेतीमा सिँचाइको काम गरेको दशरथचन्द नगरपालिका १ का अगुवा किसान कृष्णदत्त भट्टले बताए । सिँचाइको अभावमा तरकारी बाली र फलफूहरु सुक्न लागेका बेला भएको बर्षाले केही राहत मिलेको उनको भनाइ छ । 

बर्षाभएसंगै किसानहरुले मकै छर्ने तयारी गरेका छन् । जिल्लाका उच्च क्षेत्रहरुमा मकै खेती गर्ने गरिएको छ । बर्खेबाली मध्येको मुख्य खाद्यबालीको रुपमा रहेको मकैबाली छर्नका लागि खेतहरु तयार पार्ने कामहरु भइरहेको सुर्नया ६ का केशवराज अवस्थीले बताए । 

बैतडीमा १४ हजार ५ सय हेक्टर जमीनमा मकै खेती गरिँदै आएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update