Sagun Khabar
खोलामा डुबेर दुई किशोरीको मृत्यु 
Atrya hospital

डडेल्धुरा –डडेल्धुरामा खोलामा डुबेर दुई किशोरीको मृत्यु भएको छ ।  आइतबार अपरान्ह जिल्लाको गन्यापधुरा गाउँपालिका–२ कोरगाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको डुबेर मृत्यु भएको हो ।

गाउँकै तल रहेको खोलामा नुहाउने क्रममा दुवैजनाको डुबेर मृत्यु भएको वडाअध्यक्ष मनोज देउवाले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update