Sagun Khabar
बैतडीमा २० जना अनाथ बालबालिकाहरुलाई लुगा वितरण 

बैतडी –बैतडीमा २० जना अनाथ तथा असहाय बालबालिकाहरुलाई लुगा वितरण गरिएको छ । माय घर नेपाल जिल्ला शाखा बैतडीले विरेन्द्र मावि शाहीलेकमा अध्ययनरत २० जना अनाथ तथा असहाय छात्रछात्राहरुलाई लुगा वितरण गरेको हो । 

बैतडीको शिवनाथ गाउँपालिका पुख्र्यौली घर भइ हाल कञ्चनपुरको बेदकोट नगरपालिका ८ बस्दै आइ अध्ययनको सिलसिलामा अष्ट्रेलियामा रहेका नवराज कलौनीको सहयोगमा लुगा वितरण गरिएको माया घर नेपाल बैतडीका संयोजक महेशदत्त भट्टले बताए । 

Atrya hospital

विरेन्द्र मावि शाहीलेकको छात्रवासमा बस्दै आएका ती छात्रछात्राहरुलाई बुधबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर लुगा वितरण गरिएको भट्टले बताए । जाडोको समयमा समेत उनीहरुलाई माया घर नेपालको तर्फबाट न्यानो लुगा वितरण गरिएको थियो । 

एकसरो लुगा लगाउन समेत लगाउन नसक्ने अवस्थामा भएका व्यक्तिहरुलाई माया घर नेपाल कपडा बैंकबाट लुगा सहयोग हुँदै आएको छ । माया घर नेपालद्वारा सञ्चालित कपडा बैंकबाट अहिलेसम्म ६ सय ३२ जनालाई लुगा वितरण गरिसकिएको संयोजक भट्टले जानकारी दिए । 

पछिल्लो समयमा जन्मदिन तथा वैवाहिक बर्षगाँठको अवसरमा विभिन्न ठाउँका व्यक्तिहरुलाई कपडा बैंकलाई लुगाकपडा उपलब्ध गराउँदै आएका छन् । 

कपडा बैंकमा प्राप्त भएका लुगा कपडा गरिब घरपरिवार, असहाय, अनाथ बालबालिकाहरुलाई वितरण गरिँदै आएको छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update