कैलाली –सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । बिहीबार दिउँसो उनले प्रदेशसभाबाट विश्वासको पाएका हुन् ।
प्रदेशसभामा उपस्थित २८ सांसदहरूमध्ये पक्षमा २८ मत विपक्षमा शून्य मत र तटस्थमा शून्य मत परेको सभामुख भीमबहादुर भण्डारीले बताए ।
५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ । विपक्षी सांसदहरुको बहिष्कारकाबीच सभामुख भण्डारीले विश्वास मत लिने प्रक्रिया अगाडि बढाएका थिए ।
नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई र स्वतन्त्र सांसद डा. तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् ।
नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका (सभामुखबाहेक) १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादी पार्टीका चार तथा राप्रपा र स्वतन्त्र एक–एक सदस्य छन् ।