Sagun Khabar
बैतडीका १० ओटै स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा 

बैतडी–बैतडीका १० ओटै स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा गरिएका छन् । २ बर्ष मुनिका बालबालिकाहरुले पाउनुपर्ने तालिका अनुसारको खोप पाएकाले पालिकाहरुलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

जिल्लाका १० ओटै स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषण गरिएपछि अब जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाको तयारी भएको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

बुधबार दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा भएसंगै जिल्लाका १० ओटै स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा गरिएका छन् । 

यही वैशाख १० गते जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाको तयारी भएको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update