Sagun Khabar
बैतडीबाट भन्सार छलीका सामग्री बरामद 

बैतडी –बैतडीबाट भन्सार छलीका सामग्री बरामद गरिएको छ ।

गोठलापानी–झुलाघाट सडकखण्ड अन्तर्गत जिल्लाको दशरथचन्द नगरपालिका–५ कलवाड मोडमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १३ हजार ७९० मूल्य बराबरको अवैध सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार साँझ सवा ५ बजेको समयमा ती अवैध सामग्री फेला पारेको हो । 

चिनी, मिश्री, मिठाई, आटा लगायतका भारतबाट अवैध रुपमा भित्रिएका सामग्रीहरुलाई आज महाकाली भन्सार कार्यालय झुलाघाटमा पठाइने प्रहरी निरीक्षक केसीले बताए । 
 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update