Sagun Khabar
बैतडीमा हावाहुरीले विद्यालय भवनको छाना उडायो 

बैतडी –बैतडीमा हावाहुरीले विद्यालय भवनको छाना उडाएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं ४ स्थित जबलपुर मावि सैलोडाको दुई कोठे भवनको छानो उडाएको विद्यालयका प्रधानाध्यापक शमशेरसिंह घोटाले बताए । 

सोमबार राति ८ बजेतिर आएको हावाहुरीले विद्यालय भवनको छाना उडाउनुका साथै दुई कोठे शौचालयको छानो समेत उडाएको छ । यस्तै मल्टिस्टोर भवनमा पनि हावाहुरीले क्षति पुर्याएको छ भने विद्यालयमा राखिएको सोलारमा समेत क्षति पुगेको छ । 

Atrya hospital

हावाहुरीले छानो उडाउँदा विद्यालय भवन पुननिर्माणमा १० लाख लाग्न सक्ने प्रधानाध्यापक घोटाले बताए । छानो उडाएको भवनमा भूकम्प आएको बेला पर्खालहरु चर्किएको थियो । हावाहुरीले छानो उडाएपछि उक्त भवन पुरै नयाँ बनाउनुपर्ने अवस्था आएको प्रधानाध्यापक घोटाले बताए । 

आधारभूत तहका कक्षा ३ र ४ का विद्यार्थी बस्ने भवनमा हावाहुरीले क्षति पुर्याएपछि पठनपाठनमा समस्या भएको छ । यस्तै आधारभूत तहका विद्यार्थीहरुले प्रयोग गर्दै आएको शौचालयको समेत छानो उडाएपछि बालबालिकाहरुलाई समस्या भएको प्रधानाध्यापक घोटाले बताए । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update