Sagun Khabar
बैतडीमा भलिबल प्रतियोगिता : पुरुषतर्फ दनपा र महिलातर्फ शिवनाथलाई उपाधि 

बैतडी –बैतडीको देहीमाण्डौं सम्पन्न बृहत अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिका र शिवनाथ गाउँपालिकाले जितेको छ ।

पुरूषतर्फ दशरथचन्द र महिलातर्फको उपाधि शिवनाथले हात पारेको हो । 

मंगलबार सम्पन्न फाइनल खेलमा मेलौली नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै दशरथचन्दले उपाधि जितेको हो । 

Atrya hospital

यस्तै महिलातर्फ शिवनाथले पनि मेलौली नगरपालिकालाई ३–१ को सेटमा हराउँदै जित दर्ता गरेको हो । 

उपाधि विजेता दशरथचन्द र शिवनाथले समान ७७ हजार ७७७ रुपैयाँ पुरूस्कार पाए ।

उपविजेता मेलौलीले ५५ हजार ५५५ रूपैयाँ पुरूस्कार पाएको छ । यस्तै महिलातर्फ पनि उपविजेता बनेको मेलौली ५५ हजार ५५५ रूपैयाँ पुरूस्कार प्राप्त गरेको छ । 

यस्तै पुरूषतर्फ सिगास तेस्रो र सुर्नया गाउँपालिकाले सान्त्वना स्थान प्राप्त गरेको छ ।  

महिलातर्फ दशरथचन्द ‘ए’ को टीम तृतीय र पुर्चौडीको टीमले सान्त्वना स्थान प्राप्त गरेको भलिबल प्रशिक्षक हरिसिंह भण्डारीले बताए ।

प्रतियोगितामा तेस्रो हुनेले ४४ हजार ४४४ र सान्त्वना हुनेले ३३ हजार ३३३ रुपैयाँ पुरूस्कार प्राप्त गरेका छन् । 

विजेता,उपविजेतालगायतका टोलीलाई नेकपा एमालेका केन्द्रीय सदस्य लिलाधर भट्ट,प्रदेश सभा सदस्य जानकी ऐर बमलगायतले पुरूस्कार वितरण गरे ।

नेपाल खेलकुद महासंघको आयोजनामा सञ्चालन भएको अन्तरपालिका भलिबल प्रतियोगितामा जिल्लाका सबै स्थानीय तहहरूका टोलीको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update