Sagun Khabar
सडक छेउका निर्माण सामग्री हटाउन पाटन नगरपालिकाको आग्रह 

बैतडी–बैतडीको पाटन नगरपालिकाले बजार क्षेत्रको फोहर व्यवस्थापनमा आँफै सक्रिय हुन नगरबासीलाई आग्रह गरेको छ । बजार क्षेत्रमा सडक छेउछाउमा राखिएको सामग्री व्यवस्थापन गर्न पनि आग्रह गरेको छ । 

सडक छेउछाउमा राखिएका निर्माण सामग्रीले दुर्घटना निम्त्याउने भएकाले तुरुन्त हटाउन नगरपालिकाले आग्रह गरेको हो । बुधबार नगर प्रमुख केशवबहादुर चन्दको अध्यक्षतामा सरोकारवाला सहितको बैठकले घर वरिपरिको फोहर व्यवस्थापन घरधनी स्वयंले गर्नुपर्ने निर्णय गरेको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै बजार क्षेत्रको फोहर व्यवस्थापनमा नगरपालिकाले सक्रियता देखाउनेछ भने सडक छेउमा थुपारिएका सामग्री वैशाख १४ गतेभित्र व्यवस्थापन गरिसक्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । 

नगरपालिकाले तोकेको समयभित्र त्यस्ता सामग्री व्यवस्थापन नगरेमा नगरपालिकाले कानुनी प्रक्रिया अनुसार त्यस्ता सामग्री सडक छेउबाट हटाउने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

यसअघि नगरपालिकाले बुधबार सम्म सडक छेउछाउका निर्माण सामग्री हटाउन आग्रह गरेकोमा बुधबार सरोकारवालाहरु सहितको बैठकले १४ गते सम्मका लागि सम्बन्धित पक्षलाई समय दिने निर्णय गरेको हो । 

पाटन बजार क्षेत्रको सडकमा जथाभावी निर्माण सामग्री थुपार्दा दुर्घटनाको जोखिम बढ्दै गएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update