Sagun Khabar
हावाहुरीले विद्यालयको छानो उडाएपछि पठनपाठन प्रभावित 
फोटो : हावाहुरीले छानो उडाएको राष्ट्रिय मावि फाटीगडाको भवन 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी–बैतडीको सुर्नया गाउँपालिका ४ स्थित राष्ट्रिय मावि फाटीगडाको विद्यालय भवनको छानो हावाहुरीले उडाएको छ । बुधबार साँझ आएको हावाहुरीले विद्यालय भवनको छानो उडाएको हो ।
विद्यालयको जस्तापाताले छाएको भवनको छानो उडाएपछि विद्यार्थीहरुलाई पठनपाठनको समस्या भएको शिक्षक प्रकाश भाटले बताए । उनले भने ‘बुधबार साँझ आएको हावाहुरीले विद्यालय भवनको छानो उडाएपछि विद्यार्थीहरुलाई पठनपाठनको समस्या भएको छ । विद्यार्थीहरुलाई चउरमा राख्नुपर्ने बाध्यता आइलागेको छ ।’
आधारभूत तहको पढाई हुने भवनको छानो हावाहुरीले उडाएपछि विद्यार्थीहरुलाई चौरमा राख्नुपर्ने बाध्यता आइ लागेको विद्यालयले जनाएको छ । बिहीबार पानी परेका कारण विद्यार्थीहरुलाई घर फर्काउनुपरेको थियो । 
२०६८ सालमा तत्कालिन जिल्ला शिक्षा कार्यालयको ७ लाख अनुदानमा बनेको उक्त भवनको छानो उडाए पछि भवनको अभाव भएको विद्यालयले जनाएको छ । 

 

प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update