Sagun Khabar
डडेल्धुराका एक जना फरार प्रतिवादी पक्राउ 

डडेल्धुराका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। अभद्र व्यवहार गर्न नहुने कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका डडेल्धुराको अमरगढी नगरपालिका–३ का ४९ वर्षीय छपि पल्ले पक्राउ परेका हुन्। पल्लेलाई ४ दिन कैद, १० हजार जरिवाना र ५ हजार क्षतिपुर्ति ताकेपछि २०८१ जेठ १ गतेदेखि उनी फरार रहेका थिए। जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनको घरबाट मंगलवार साँझ नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update