Sagun Khabar
बझाङबाट बेपत्ता भएका ३ बालिका डडेल्धुरामा भेटिए

बझाङबाट बेपत्ता भएका ३ बालिका डडेल्धुरामा भेटिएका छन्।जिल्लाको जयपृथ्वी नगरपालिका–७ छ्यालाकी १६ वर्षीया रजनी विक, १५ वर्षीया निरा विक र अन्दाजी १३ वर्षीया अनिशा विक सोमबार डडेल्धुरामा भेटिएका हुन्। तीनै जना डडेल्धुराको भातकाडामा हिँडिरहेको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। उनीहरु आइतबार साउन २० गते घरबाट विद्यालय जान्छु भनी हिँडेका थिए।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update