Sagun Khabar
गुजर माविको चारकोठे भवनको छानो हावाहुरीले उडाउँदा पठनपाठनमा समस्या 
फोटो : छानो उडाएको गुजर माविको भवन 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी–बैतडीको पाटन नगरपालिका ३ स्थित गुजर माविको ४ कोठे भवनको छानो हावाहुरीले उडाएको छ । बुधबार साँझ आएको हावाहुरीले विद्यालयको चारकोठे भवनको छानो उडाएको विद्यालयका प्रधानाध्यापक मदनराज अवस्थीले जानकारी दिए । 

विद्यालय भवनको छानो उडाएपछि कक्षा ४ देखि ७ सम्मका विद्यार्थीहरुलाई पठनपाठनमा बाधा पुगेको उनले बताए । उनले भने ‘विद्यालय भवनको छानो हावाहुरीले उडाएपछि पठनपाठनमा समस्या भएको छ । विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको छ । शुक्रबार व्यवस्थापन समितिको बैठक बोलाएका छौं ।’

भवनको छानो उडाएपछि बिहीबार कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुलाई एकै कोठामा राखेर बहुकक्षा शिक्षण गरिएको विद्यालयले जनाएको छ । विद्यालय भवनको छानो उडाएपछि शुक्रबारदेखि विद्यालय बन्द गर्नुपर्ने अवस्था रहेको प्रधानाध्यापक अवस्थीले बताए ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update