डडेल्धुरामा चट्याङ लागेर एकजनाको मृत्यु 
                        
                        
                                                
                                             
                                                                    डडेल्धुरा –डडेल्धुरामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।
जिल्लाको परशुराम नगरपालिका–१० बागथलीका अन्दाजी ४० वर्षीय अम्मरबहादुर विष्टको चट्याङ लागेर मृत्यु भएको वडाध्यक्ष राजकुमार भाटले जानकारी दिए ।
आइतबार स्थानीय धरमपानी सामुदायिक वनमा बाख्रा चराउन गएका बिष्ट साँझ घर नफर्केपछि खोजी कार्य शुरु गरिएको थियो । बिष्ट आज बिहान सोही जंगलमा मृत अवस्थामा फेला परेका वडा अध्यक्ष भाटले बताए ।
घटनाका बिषयमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जोगबुडाबाट प्रहरी टोली खटिएको छ । 
 
प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ०९:३९
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    