डडेल्धुरा प्रहरीले घरेलु मदिरा नष्ट गर्यो 
                        
                        
                                                
                                             
                                                                    डडेल्धुरा –डडेल्धुरामा घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ ।
जिल्लाको परशुराम नगरपालिका–९ कुयापानी, पुलचोकबाट मंगलबार १४ लिटर घरेलु मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त मदिरा स्थानीय जनप्रतिनिधी, समाजसेवीसहितको उपस्थितिमा इलाका प्रहरी कार्यालय जोगबुढाले नष्ट गरेको बताइएको छ । 
 
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १४:२५
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    