Sagun Khabar
परीक्षा स्थगित गर्ने सिगास गाउँपालिकाको निर्णय 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी–बैतडीको सिगास गाउँपालिकाले बुधबारदेखि सञ्चालन गर्ने भनेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । गाउँपालिकाभरीका सामुदायिक विद्यालयहरुमा बुधबारदेखि परीक्षा सञ्चालनको तयारी भएको भएपनि कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि परीक्षा स्थगित गरिएका गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश भट्टले जानकारी दिए । 

आधारभूत तहदेखि कक्षा ९ सम्मका परीक्षा बुधबारदेखि सञ्चालन गर्ने गाउँपालिकाको तयारी रहेको थियो । गाउँपालिकाका विभिन्न ठाउँमा व्यक्तिमा संक्रमण पुष्टि भएको र भारतबाट फर्कने नागरिकको संख्या पनि बढ्दै गएपछि परीक्षा स्थगित गरिएका उनले बताए । उनले भने ‘सिगास गाउँपालिकामा भारतबाट फर्कनेहरुको संख्या बढ्दै गएकाले कोरोना संक्रमणको जोखिम पनि बढ्दै गएको छ । त्यसैले हामीले पनि परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।’

सरकारले गरेको निर्णय र स्थानीय परिवेशलाई हेर्दा समेत कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित गरिएका सिगास गाउँपालिकाले जनाएको छ । यसअघि सरकारले सबै प्रकार परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।  
 

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update