Sagun Khabar
कोरोना कहर : मेलौली नगरपालिकाले बार अनुुसार सेवा प्रवाह गर्ने 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी– कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि बैतडीको मेलौली नगरपालिकाले बार अनुसार वडाका नागरिकलाई सेवा दिने निर्णय गरेको छ । यही वैशाख १९ गतेदेखि बार अनुसार वडाका नागरिकलाई सेवा दिने निर्णय भएको मेलौली नगरपालिकाले जनाएको छ ।
 कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि बार अनुसार वडाका नागरिकलाई सेवा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाध्यायद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । आइतबार वडा नं १ का नागरिकलाई सेवा दिइनेछ भने सोमबार वडा नं २ र ३ का नागरिकलाई सेवा दिइनेछ । 
यस्तै मंगलबार वडा नं ७ का नागरिकलाई सेवा दिइनेछ भने बुधबार वडा नं ४ र ५ का नागरिकलाई सेवा दिइनेछ । यस्तै बिहीबार वडा नं ६ र ९ का नागरिकलाई सेवा दिइनेछ भने शुक्रबार वडा नं ८ का नागरिकलाई सेवा दिइने नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update