Sagun Khabar
साउन ३१ देखि हराइरहेकी किशोरीको शव भेटियो, सत्यतथ्य पत्ता लगाउन माग गर्दै राजमार्ग अवरुद्ध

सर्लाही : मृत अवस्थामा भेटिएकी किशोरीको विषयमा सत्यतथ्य पत्ता लगाउन माग गर्दै जिल्लाका स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

गत साउन ३१ गते रातिदेखि बेपत्ता रानीगञ्ज डाँडाटोलकी १६ वर्षीया प्रिंयका भुजेल मंगलबार मृत अवस्थामा भेटिएकी थिइन् ।

घटनाबारे अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले बुधबार पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।

Atrya hospital

युवतीको शव घरदेखि करिव ३ किलोमिटर टाढा लालबन्दी नगरपालिका–६, स्थित कालिन्जोर खोलामा फेला परेको थियो ।

मध्यरातमा किशोरीको शव फेला परेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । तत्कालै ईलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक निर्मल थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको छ ।

मृतक किशोरीको शव पोष्टमार्टमका लागि मंगलबार राति नै जिल्ला अस्पताल मलंगवा पठाइएको छ । किशोरीको मृत्युको कारण खुल्न सकेको छैन । साउन ३१ गतेदेखि किशोरी हराएपछि परिवारले साउन ३२ गते ईलाका प्रहरी कार्यालय लालबन्दीमा जानकारी गराएका थिए ।

प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update