Sagun Khabar
साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमै नेपालले माल्दिभ्सको सामना गर्ने

साफ च्याम्पियनसिप फुटबलमा नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली माल्दिभ्सको सामना गर्ने भएको छ । बुधबार सार्वजनिक भएको खेलतालिकाअनुसार नेपालको अक्टोबर १ तारिखमा माले राष्ट्रिय फुटबल रंगशालामा माल्दिभ्ससँग पहिलो खेल खेल्दैछ ।

यस्तै अक्टोबर ३ मा हुने दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्ने नेपालले ८ अक्टोबरमा भारतसँग तेस्रो खेल खेल्दैछ । समूह चरणको अन्तिम खेलमा नेपालले १० अक्टोबरमा बंगलादेशको सामना गर्नेछ । प्रतियोगिताको फाइनल खेल १३ अक्टोबरमा माले राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।

प्रतियोगिताको तयारीका लागि नेपाली टीम अहिले पोखरामा बन्द प्रशिक्षणमा रहेको छ । नेपाल अहिलेसम्म प्रतियोगिताको फाइनल पुग्न सकेको छैन । यसअघि २०१८ मा भएको प्रतियोगितामा नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

Atrya hospital

यस वर्ष हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत, माल्दिभ्स, श्रीलंकाले भाग लिँदैछन् । सात पटक उपाधि जितेको भारत प्रतियोगिताको अहिलेसम्मको सफल टीम हो ।
 

प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update