Sagun Khabar
पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध
स्वास्थ्य सन्देश
Atrya hospital

 डडेल्धुरा : पहिरोका कारण सुदुरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । 
 

 बिहीबार रातिको  वर्षाले भीमदत्त राजमार्गस्थित डडेल्धुराको आलिताल गाउँपालिका –१ मा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो । सो राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमका पहाडी जिल्ला आउने सवारी साधन बीचबाटोमै रोकिएका छन् ।

 पहिरोका कारण अत्यावश्यक सामग्री बोकेका गाडीहरु   रोकिएको प्रहरीले जनाएको छ ।
अहिले पहिरो पन्छ्याउने काम भईरहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update