Sagun Khabar
भीमदत्त राजमार्ग पुनःसञ्चालनमा
स्वास्थ्य सन्देश
Atrya hospital

 विहिबार रातिको  वर्षाका कारण अवरुद्ध भएको भीमदत्त राजमार्ग पुनःसञ्चालनमा आएको छ । 

डोटी र डडेल्धुराको सीमा क्षेत्र गैरा नजिक पहिरो जाँदा सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने एकमात्र पहाडी राजमार्ग अवरुद्ध भएका जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता रवीन्द्र चन्दले बताउनुभयो ।

सडक डिभिजन कार्यालयको डोजर, प्रहरी तथा स्थानीयवासीको सहयोगमा अहिले सञ्चालन भएको प्रहरी चौकी घण्टेश्वर गैराले जनाएको छ । दर्जनौँ सवारीसाधन अहिले आआफ्नो गन्तव्यतिर लागेका स्थानीयवासी मोतीसिंह बमले बताए ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update