Sagun Khabar
एकैदिन बैतडीका २० जनामा कोरोना पुष्टि 

बैतडी– बैतडीमा एकैदिन २० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । एन्टीजेन विधिबाट परीक्षण गर्दा तीन जनामा र पीसीआर विधिबाट परीक्षण गर्दा थप १७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

एन्टीजेन विधिबाट परीक्षण गर्दा पुर्चौडी नगरपालिकाका ४० बर्षीय पुरुष, पञ्चेश्वर गाउँपालिका ६ का ३० बर्षीय पुरुष र पञ्चेश्वर गाउँपालिका ५ का २९ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा दशरथचन्द नगरपालिकाका १२, पाटन नगरपालिकाका ३, मेलौली नगरपालिकाका र शिवनाथ गाउँपालिकाका १÷१ जना गरी थप १७ जनामा कोरोना पुष्टि भएको हो ।

यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ११८ पुगेको छ । सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ७१ जना रहेका छन् ।

यस्तै पाटन नगरपालिकामा १५, मेलौली नगरपालिकामा ११, दोगडाकेदार गाउँपालिका र पुर्चौंडी नगरपालिकामा ७÷७ जना, पञ्चेश्वर गाउँपालिकामा ५ जना र शिवनाथ र सिगास गाउँपालिकामा १÷१ जना रहेका छन् ।

पछिल्लो समयमा दिनानुदिन सक्रिय संक्रमितको संख्या बढ्दै गएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update