Sagun Khabar
बैतडीको  सिद्धखालिमा आजदेखि सुर्नया प्रिमियर लिग सुरु

बैतडीको सुर्नया गाउँपालिका वडा न.२ सिद्धखालिमा आजदेखि सुर्नया प्रिमियर लिग टि फिप्टिन क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको सष्ट्रीय प्रजातन्त्र पार्टिका केन्र्दीय कमिटि सदश्य देव ब.चन्दले उद्घाटन गर्नुभएको छ ।
 उद्घाटन कार्यक्रममा बैतडी जिल्ला बाशुलिङ्ग क्रिकेट कलवका उपाधक्ष्य गोविन्द बा.चन्द पनि उपस्थिती रहेको थियो ।

  उद्घाटन खेलमा बाशुलिङ्ग क्रिकेट कलव र ग्वाल्लेक खेलिरहेका छन्  । उक्त खेलमा १५ टिमले सहभागिता जनाएको बाशुलिङ्ग क्रिबेट कलवका सचिव विशाल भट्टले बताउनुभभयो । खेलमा प्रथम हुने टिमलाई पच्चिस हजार पाँच सय पच्चिस  र द्धितिय लाई आठ हजार आठ सय पच्चिस  सगैँ प्रमाण पत्र पनि दिइने सचिव  भट्टले जानकारि दिनुभयो । 

स्वास्थ्य सन्देश
Atrya hospital

  यस्तै म्याच अफ द सिरिजलाई रु एक हजार  सगैँ प्रमाणपत्र दिइने छ भने म्यान अफ द म्याचलाइ रु सय  सगैँ प्रमाण पत्र प्रदान गरिने छ ।  आर्थिक अवस्था सगैँ भौतिक विकट्ताको समस्याका बावजुत पनि आफुहरुले खेल क्षत्रमा गरिरहेको मेहनत स्थानिय सरकार तथा सरोकारवाला निकाय हरुले नदेखेको उहाँले गुनासो गर्नुभयो । 

   युवाहरुलाई रोजगार दिन्छौँ युवाहरुको भविश्य खोजिदिन्र्छौ भन्दै चुनावका वेला घरदैलोमा पुगेका नेता हरु अहिले आफ्नै घरपरिवार र आफन्तको चाकरिमा रहेकोले आग्रह गर्दा समेत कार्यक्रमा सहभागिता नजनाईदिने उहाँले गुनासो गर्नुभयो ।  आफु हरुले गौरा पर्वको अवसर पारि स्थानिय स्थरका खेलाडी हरुलाइ उत्थान गर्ने उदेश्यले खेल सञ्चालन गरेको भट्टले बताउनुभयो ।  
 

प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update