Sagun Khabar
बाजुरामा कर्णाली नदी पारी अड्किएका आठ जनाको सकुशल उद्धार

बाजुरा — बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा कर्णाली नदी पारीको भीरमा अड्किएका आठ जनाको सकुशल उद्धार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार स्वामिकार्तिक खापर गाउँपालिका–२, फयालगाउँका पुसे भण्डारीको खोजीका लागि गएको टोली आइतबार भीरमा अड्किएको थियो। सोमबार बिहान करिब ११ बजे प्रहरी र स्थानीयहरूको सहायतामा उनीहरूलाई डुंगाको माध्यमबाट सुरक्षित रूपमा उद्धार गरिएको हो।

त्यस्तै, खोजीमा गएका टोलीले मृतक पुसे भण्डारीको शव पनि फेला पारेर उनका आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update