Sagun Khabar
बैतडीमा बेवारिसे अवस्थामा फेला परेको शव आफन्तले बुझे 

बैतडी–बैतडीमा बेवारिसे अवस्थामा फेला परेको शव आफन्तले बुझेका छन् । 

गएको शनिबार जिल्लाको दोगडाकेदार गाउँपालिका–५ दोलीमा सडक किनारमा एक पुरुषको शव फेला परेको थियो । 

उक्त शव बाजुराको खप्तड छेडदह गाउँपालिका–६ मैतोलाका ३४ बर्षीय गोपाल नाथको पुष्टि भएपछि उनका आफन्त आएर शव बुझेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

प्रहरीले शवको हुलियासहित सार्वजनिक सूचना प्रवाह गरेपछि आइतबार शवको पहिचान भएको थियो । सोमबार मृतकका आफन्त बैतडी आएर शव बुझिसकेका प्रहरी निरीक्षक पाण्डेयले बताए । जिल्ला अस्पतालमा शवको पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको हो । 

भारतमा काम गर्दै आएका नाथको मृत्युको कारण भने खुली नसकेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update