Sagun Khabar
बैतडीको ग्राम प्रकाश बहुमुखी क्याम्पसको स्ववियुमा नेविसंघको प्यानलै विजयी 

बैतडी–बैतडीको शिवनाथ गाउँपालिका–२ शर्मालीस्थित ग्राम प्रकाश बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघकी कविता साउँद पुरै प्यानलसहित विजयी भएकी छन् । 

आज भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघकी साउँदले ३७ मत प्राप्त गरिन् भने उनकी निकटतम् प्रतिस्पर्धी अनेरस्ववियुकी सरीता साउँदले २८ मत प्राप्त गरिन् । ग्राम प्रकाश बहुमुखी क्याम्पसमा नेविसंघको पुरै प्यानल विजयी भएको निर्वाचन अधिकृत महामलसिंह साउँदले बताए । 

यस्तै सचिवमा नेविसंघकी अस्मिता महरले ३५ मत प्राप्त गरेर विजय हासिल गरिन् भने उनकी निकटतम प्रतिस्पर्धी अनेरस्ववियुका विरेन्द्र साउँदले ३० मत प्राप्त गरे । 

यस्तै कोषाध्यक्षमा नेविसंघकी रतना साउँद ३५ मत ल्याएर विजयी भइन् भने उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुकी कल्पना पार्कीले ३० मत ल्याइन् । 

यस्तै सदस्यहरुमा नेविसंघका बाटिका साउँदले ३५, हिमा कलौनीले ३६ र रुमला साउँदले ३८ मत ल्याएर विजय हासिल गरेका छन् । 

यस्तै समानुपातिकतर्फ नेविसंघले ३३ मत ल्याउँदा अनेरास्ववियुले २२ मत प्राप्त गरेको निर्वाचन अधिकृत साउँदले बताए । 

९५ जना विद्यार्थी मतदाता रहेको ग्राम प्रकाश बहुमुखी क्याम्पसमा ६६ मत खसेकोमा १ मत बदर भएको थियो । 

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update