बैतडीबाट चेक अनादर मुद्दामा फरार प्रतिवादी पक्राउ 
                        
                        
                                                
                                            
                                                                    बैतडी–बैतडीमा चेक अनादर मुद्दामा फरार प्रतिवादी एक जना पक्राउ परेका छन् ।
जिल्लाको सिगास गाउँपालिका–३ सिस्नेखेती बस्ने ३७ बर्षीय विनोदकुमार साउँदलाई शनिबार उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
जिल्ला अदालत कैलालीको फैसला अनुसार साउँदलाई चेक अनादर मुद्दामा २ बर्ष कैद सजाय तोकिएको थियो । गएको माघ १८ गतेको कैलाली जिल्ला अदालतको फैसला अनुसार उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए ।
पक्राउ परेका साउँदलाई आवश्यक कारवाहीका लागि शनिबार नै जिल्ला प्रहरी कार्यालय कैलालीमा पठाएको प्रहरी निरीक्षक पाण्डेयले बताए । 
 
प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १०:५४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
