Sagun Khabar
सुर्नया गाउँपालिकाले ३० बेडको आइसोलेसन बनाउने 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी–बैतडीको सुर्नया गाउँपालिकाले ३० बेडको आइसोलेसन सञ्चालनमा ल्याउने निर्णय गरेको छ । मंगलबार बसेको गाउँपालिकास्तरीय कोभीड संकट व्यवस्थापनको केन्द्रको बैठकले बासुलिंग स्वास्थ्यचौकीमा ३० बेडको आइसोलेसन बनाउने निर्णय गरेको हो ।

बासुलिंग स्वास्थ्यचौकीमा २२ बेडको आइसोलेसन यो भन्दा पहिला नै बनिसकेको र थप ८ बेडको बनाउने निर्णय भएको हो । यस्तै गाउँपालिकामा बाहिरबाट आउने संक्रमितहरुलाई अनिवार्य आइसोलेसनमा बस्ने व्यवस्था मिलाउने समेत निर्णय गरिएको छ ।

यस्तै बेलुका ८ बजेदेखि सुर्नया गाउँपालिकाका सबै पसलहरु बन्द गर्ने निर्णय समेत भएको छ । कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन पनि सुर्नया गाउँपालिकाले सबैमा आग्रह गरेको छ ।  
 

प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  ०६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update