Sagun Khabar
वाइसियल बैतडीको अध्यक्षमा ठगुन्ना चयन 

बैतडी –नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसियल) बैतडीो अध्यक्षमा तर्कसिंह ठगुन्ना चयन भएका छन् । पाटनमा सम्पन्न दोश्रो जिल्ला सम्मेलनले ठगुन्नाको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा दानसिंह माल, प्रेम कार्की र यशोदा  कार्की, सचिवमा कृष्ण पन्त, कोषाध्यक्षमा हेमन्ती जोशी, सहसचिवमा विनोद चन्द लगायत अन्य सदस्यहरु चयन भएका  अध्यक्ष ठगुन्नाले बताए । 

Atrya hospital

वाइसियलको जिल्ला अध्यक्षमा चयन भएका ठगुन्ना नेकपा माओवादी केन्द्रको पाटन नगर कमिटि अध्यक्ष समेत भइसकेका व्यक्ति हुन् । उनी अहिले पाटन नगरपालिका वडा नं १ को वडा अध्यक्ष समेत रहेका छन् । २०७९ सालको स्थानीय तहको निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रबाट वडा नं १ को वडा अध्यक्षमा निर्वाचित भएका थिए । 

बुधबार पाटनमा सम्पन्न भएको सम्मेलनमा नेकपा माओवादी केन्द्र बैतडीका इञ्चार्ज नरेन्द्र कुँवर, वाइसियलका सुदूरपश्चिम अध्यक्ष नरबहादुर बिष्ट लगायतका नेता –कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update