Sagun Khabar
सिगासको गाँजरी–कुर्चीनेटा–गर्जे सडक निर्माणका लागि छलफल 

बैतडी–बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जे जोड्ने गाँजरी–कुर्चीनेटा–गर्जे सडक निर्माणका लागि छलफल गरिएको छ । 

सिगास गाउँपालिकामा आयोजना गरिएको छलफलमा जनप्रतिनिधि र स्थानीय बासिन्दाहरुको उल्लेख्य सहभागिता रहेको सिगास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए । 

Atrya hospital

गाँजरी–कुर्चीनेटा–गर्जे जडीबुटी पहुँचमार्ग नाम दिइएको उक्त सडकको डिपिआर निर्माण भइसकेको र प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकनका लागि स्थानीयहरुसंग छलफलको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत अवस्थीले बताए । गाउँपालिकाले परामर्शदातामार्फत उक्त सडकको वातावरणीय प्रभाव मूल्यांकनको काम गरिरहेको छ । 

गाउँपालिकाको केन्द्र गर्जेबाट गाँजरीतर्फ सडक निर्माणको काम शुरु भइसकेको छ । गर्जेबाट गाँजरीतर्फ सडक निर्माणका लागि एक करोडको ठेक्का सम्झौता भएर काम भइरहेको छ ।  बीचमा वनजंगलको भाग पर्ने भएकाले वातावरणीय प्रभाव मूल्यांकनको काम पनि अघि बढाइएको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए । 

वातावरणी प्रभाव मूल्यांकनका लागि आयोजना गरिएको छलफलका सहभागीहरुले प्राकृतिक सम्पदाहरुको संरक्षण गर्दै सडक निर्माण कार्यलाई अघि बढाउन आग्रह गरेका छन् । यस्तै गाँजरी हुँदै अर्को सडक पनि गर्जे जोड्नका लागि निर्माण भइरहेकाले दुवै सडकको काम अघि बढाउन स्थानीयहरुको आग्रह रही आएको छ । 

गाँजरी–कुर्चीनेटा– गर्जे र गाँजरी–धौलाडी–काठा –गर्जे दुवै सडकको काम अघि बढाउन पालिकाले काम गरिरहेको अध्यक्ष धामीले बताए । संघ तथा प्रदेश सरकार र गाउँपालिका आफ्नै बजेटमा समेत ती दुवै सडकलाई निर्माण गर्ने उनले बताए ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १९:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update