Sagun Khabar
पशु बधशाला तथा मासु जाँच ऐनसम्बन्धी बैतडीको पाटनमा अन्तरक्रिया 

बैतडी–बैतडीको पाटनमा पशु बधशाला तथा मासु जाँच ऐनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । 

सुदूरपश्चिमको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा अन्तरक्रिया सम्पन्न गरिएको हो । उक्त अन्तरक्रियामा बैतडीका स्थानीय तहका पशु स्वास्थ्य शाखामा कार्यरत पशु स्वास्थ्य प्राविधिकहरुको सहभागिता रहेको थियो । 

Atrya hospital

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन, बैतडीका प्रमुख गुमानीदत्त पन्तको अध्यक्षतामा भएको अन्तरक्रियामा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शंकर शाह प्रमुख अतिथी रहेका थिए ।

स्थानीयस्तरमा मासु विक्रि वितरणका लागि बधशालाको व्यवस्थापन गरी स्वस्थ मासु विक्रि वितरण गर्ने प्रबन्ध मिलाउनुपर्नेमा अन्तरक्रियाका सहभागीहरुले जोड दिएका छन् । 

पशु बधशाला तथा मासु जाँच ऐन २०५५ अनुसार नेपाल सरकार र प्रदेश सरकारबाट इजाजत लिएर मात्रै बधशाला सञ्चालन गर्न पाउने र कानुन बमोजीम मात्रै मासुको विक्रि वितरण गर्ने पाइने प्रावधान रहेको पशु चिकित्सक डाक्टर ज्ञानमणी भट्टले बताए । ऐनका बिषयमा जानकारी दिँदै उनले ऐनको प्रभावकारी रुपमा कार्यान्वयनका लागि स्थानीयस्तरमा पनि छलफल गर्नुपर्नेमा उनले जोड दिए ।  

मासु व्यवसायीहरुले बधशाला स्थापनाका लागि प्रदेश सरकारले बजेटको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिमका प्रदेशका पहाडी जिल्लाहरुमा बधशाला नहुँदा जथाभावी पशुपन्छी काटेर मासु विक्रि वितरण हुने गरेको सहभागीहरुले बताएका छन् । 

उक्त कार्यक्रममा मन्त्रालयका सचिव शंकर शाहले स्थानीय सरकारहरुले पनि बधशाला तथा मासु जाँच ऐनलाई कार्यान्वयन गर्नका लागि समन्वय गर्नुपर्नेमा जोड दिए । अहिले कार्यक्रम र बजेट भएपनि कर्मचारीको अभावले धेरै काम गर्न नसकिएको उनको भनाइ छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १८:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update