Sagun Khabar
बैतडीको सुर्नयामा बित्तीय साक्षरता कार्यक्रम 

बैतडी–बैतडीको सुर्नयामा बित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ । नेरुडे मिर्मिरे लघुबित्त बित्तीय संस्था शाखा कार्यालय सुर्नया बैतडीको आयोजनामा बित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो । 

सुर्नया गाउँपालिका–२ स्थित नेपाल राष्ट्रिय मावि ग्वानीमा सञ्चालन गरिएको एक दिने बित्तीय साक्षरता कार्यक्रममा लघुबित्त संस्थाले गठन गरेका केन्द्रका सदस्यहरुको सहभागिता रहेको थियो । 

Atrya hospital

बित्तीय साक्षरता कार्यक्रममा केन्द्रका सदस्यहरुलाई बित्तीय क्षेत्रका विभिन्न बिषयमा जानकारी गराइएको नेरुडे मिर्मिरे लघुबित्त बित्तीय संस्थाका कनिष्ठ सहायक विनोद अवस्थीले बताए । कार्यक्रममा बचत, ऋण, आम्दानी, खर्च लगायतका बिषयमा सदस्यहरुलाई जानकारी गराइएको उनले बताए । 

यस्तै लघुबित्तमार्फत बित्तीय क्षेत्रमा पहुँच पुर्याउनका लागि सञ्चालन भइरहेका कार्यक्रमहरुको बारेमा समेत जानकारी दिइएको छ । 

उक्त कार्यक्रममा नेरुडे मिर्मिरे लघुबित्त बित्तीय संस्थाका कलस्टर प्रमुख डण्डीराम बोहरा र सुर्नया शाखा प्रमुख कमलराज जोशीले प्रशिक्षण दिएका थिए । 

केन्द्र नं ११ का संयोजक भुरा धामीको अध्यक्षतामा भएको कार्यक्रममा सुर्नया गाउँपालिका –२ का वडा अध्यक्ष गणेशबहादुर बिष्ट प्रमुख अतिथी रहेका थिए । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष बिष्टले यस्ता कार्यक्रमहरुले स्थानीयस्तरमा बित्तीय साक्षरताका बारेमा जानकारी हुने दाबी गरे । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १९:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update