Sagun Khabar
सुदूरपश्चिमका मुख्यमन्त्री शाह र उत्तराखण्डका मुख्यमन्त्री धामीबीच भेटवार्ता

बैतडी –सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र भारतको उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीबीच भेटवार्ता भएको छ ।

भारत भ्रमणमा रहेका मुख्यमन्त्री शाहले शनिबार उत्तराखण्डका मुख्यमन्त्री धामीसँग भेटवार्ता गरेका हुन् । मुख्यमन्त्री धामीको सरकारी निवासमा भएको भेटमा नेपाल–भारतसँग सम्बन्धित विभिन्न समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।

Atrya hospital

सांस्कृतिक, धार्मिक र सामाजिक दृष्टिकोणबाट नेपाल र भारतबीच गहिरो समानता छ । दुवै देशको परम्परा, रीतिरिवाज, भाषा, खानपान र जीवनशैलीमा धेरै समानता छन् । जसले वर्षौंदेखि आपसी सम्बन्ध र विश्वासलाई बलियो बनाउँदै आएको छ । दुवै देशका सम्बन्धलाई बलियो बनाउने बिषयमा दुवै नेताहरुबीच छलफल भएको बताइएको छ । 

यसअघि मुख्यमन्त्री शाहले शुक्रबार उत्तराखण्ड प्रदेशका वनमन्त्री सुवोद उनियाल, पर्यटनमन्त्री सतपाल महाराज र कृषिमन्त्री गणेश जोशीसँग छुट्टाछुट्टै भेटघाट गरेका थिए ।

भारत सरकारको निमन्त्रणमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको नेतृत्वको १० सदस्यीय टोली यही वैशाख १६ गतेदेखि एकसाताको भारत भ्रमणमा रहेको छ । उक्त टोली वैशाख २२ गते स्वदेश फर्किने कार्यतालिका छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १२:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update