Sagun Khabar
सिगास गाउँपालिकाको नीति तथा कार्यक्रम पारित 

बैतडी–बैतडीको सिगास गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम पारित भएको छ । 

शुक्रबार सम्पन्न भएको गाउँसभाको १७ औं अधिवेशनले नीति तथा कार्यक्रम पारित गरेको हो । 

Atrya hospital

गाउँसभामा गाउँपालिका अध्यक्ष हरिसिंह धामीले आगामी आर्थिक बर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको सिगास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए । 

गाउँपालिकाले आवधिक योजना, दिगो विकासका लक्ष्य, संघ र प्रदेश सरकार योजनाहरुलाई समेत मध्यनजर गरेर नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए । 

शिक्षा, स्वास्थ्य, कृषि, रोजगार तथा सुशासनका क्षेत्रहरु समेट्दै गाउँपालिकाले नीति तथा कार्यक्रम ल्याएको प्रमुख प्रशासकीय अधिकृत अवस्थीले बताए । 

आगामी आर्थिक बर्षको बजेट नीति तथा कार्यक्रममा आधारित रहेर बनाउनुपर्ने भएकाले गाउँपालिकाले नीति तथा कार्यक्रम पारित गरेको अध्यक्ष धामीले बताए । 

गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार बस्तीस्तरबाट योजना छनौट गरेर बजेट निर्माण गरिने प्रमुख प्रशासकीय अधिकृत अवस्थीले बताए । 
 

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १४:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update