
बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिकामा कक्षा ५ र ८ को ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक भएको छ । नेपाल शिक्षक महासंघको आन्दोलनका कारण रोकिएको ग्रेडवृद्धि परीक्षा यही वैशाख २५ र २६ गते सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।
गएको फागुन २५ देखि चैत ४ गतेसम्म सञ्चालन भएको परीक्षामा बढीमा दुई बिषयमा ननग्रेड ल्याएका विद्यार्थीहरुका लागि ग्रेडवृद्धि परीक्षा सञ्चालन हुने गाउँपालिकाका शिक्षा शाखा प्रमुख चक्रदेव जोशीले जानकारी दिए ।
ग्रेडवृद्धि परीक्षा यसअघिको परीक्षा सञ्चालन भएका केन्द्रमै सञ्चालन हुने बताइएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२ ०८:२३
प्रतिक्रिया दिनुहोस्