Sagun Khabar
बैतडीको पञ्चेश्वर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शाहलाई 

बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रामसागर शाहलाई दिइएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकामा कार्यरत बरिष्ठतम् कर्मचारी शाहलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो । गाउँपालिकाले पठाएको पत्र  तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार शाहलाई अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । 

Atrya hospital

गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखको रुपमा कार्यरत शाहलाई आर्थिक तथा प्रशासनिक अधिकारको जिम्मेवारी दिएपछि अब गाउँपालिकाका आर्थिक तथा प्रशासनिक कामहरु अघि बढ्ने भएका छन् । मन्त्रालयले अर्को व्यवस्था नहुञ्जेल तथा अर्को प्रमुख प्रशासकीय अधिकृत नखटाउञ्जेलसम्म शाहलाई प्रमुख प्रशासकीय अधिकृतको कामकाज गर्न भनेको छ । 

यसअघि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पार्कीको सरुवा भएपछि पञ्चेश्वर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएको थियो । 

sah-1-1746363660.jpg
 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १८:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update